आगामी असारभित्र शान्ति प्रक्रियाका बाँकी काम सकिन्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आगामी असारभित्र शान्ति प्रक्रियाका बाँकी काम सकिन्छ : प्रचण्ड

भरतपुर, ५ मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ती प्रक्रियाको बाँकी काम आउँदो असार महिना भित्र टुंगिने बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले १२ वर्ष अघिको शान्ती सम्झौताको वेला भन्दा अहिलेको अवस्था धेरै राम्रो भएको बताए ।

शान्ती सम्झौताको हस्ताक्षरकर्ता समेत रहेका अध्यक्ष प्रचण्डले शान्ती प्रक्रिया टुंग्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सकारात्मक रहेको बताए । उनले सत्य निरुपण र बेपत्ताका विषय असारसम्म पुरै टुङ्ग्याउने गरी काम भईरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);