विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

bp

काठमाडौं, ६ साउन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

आफ्ना संस्थापक नेता विपिको स्मृति दिवसका दिन नेपाली कांग्रेसले आईतबार पार्टी कार्यालय सानेपामा विपिको सालिकमा माल्यार्पण सहितको विशेष कार्यक्रम गर्यो । कार्यक्रममा नेताहरुले विपिको आर्दश र मार्गदर्शनलाई नेतृत्वले अनुसरण गर्न नसकेको गुनासो गरे । विपिको संघर्ष, योगदान र आदर्श चरित्रबारे पार्टीले नयाँ पुस्तालाई जानकारी दिन नसकेको भन्दै उनीहरुले त्यसतर्फ नेतृत्वको ध्यानाकर्षण गराए । महामन्त्री डाक्टर शशांक कोइरालाले विपिले लिएको बाटोलाई अनुसरण गर्दै पार्टी एकजुट हुनुपर्नेमा जोड दिए ।

पूर्वसहमहामन्त्री डाक्टर रामशरण महतले कांग्रेसले विपि दर्शन र उनको प्रजातान्त्रिक समाजवादलाई नर्बिसेको दाबी गरे । सामुहिक नेतृत्व भन्दा व्यक्तिवादी नेतृत्व र चरित्र हावी हुँदा समस्या देखिएको उनको भनाइ छ । पछिल्लो समय सरकार अधिनायकवादी, अंहकारकारी र स्वइच्छाचारी हुँदै गएको भन्दै उनँले त्यसविरुद्ध एकजुट हुन आग्रह गरे ।

नेता बालकृष्ण खाँडले वर्तमान सरकारले संसद देखि सडकसम्म अधिनायवादी शैली देखाएको, संविधानमा निहित प्रावधान उलंघन गरी दलिय अस्तित्वलाई स्वीकार गर्न छोडेको तथा प्रधानमन्त्रीका हरेक कदम संविधान, सरकार र समग्र मुलुकका लागि प्रत्युत्पादक भएको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);