परराष्ट्र नीतिलाई पुनः परिभाषित गर्नुपर्नेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

परराष्ट्र नीतिलाई पुनः परिभाषित गर्नुपर्नेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको जोड

pradip gyawali

काठमाडौं, ६ साउन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बदलिँदो परिवेश अनुसार परराष्ट्र नीतिलाई पुनः परिभाषित गर्नुपर्नेमा जोड दिएका छन् ।

एशोसिएशन अफ फरमर नेपाली एमबास्डोर्सको आईतबार काठमाडौंमा उद्घाटन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अघि बढेकाले सोही अनुसारको परराष्ट्र नीति तय गर्दै लैजानुपर्ने बताएका हुन् । संविधानको परिधिभित्र रहेर नै नेपालले परराष्ट्र नीति अवलम्बन गरिएको उनको भनाइ छ ।

परराष्ट्र नीतिका विषयमा सबै राजनीतिक दलहरुबीच साझा धारणा रहेको दाबी गर्दै उनँले त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपरेको बताए । कार्यक्रममा पूर्वराजदूतहरुले सरकारले दातृ राष्ट्रहरुसँग सहयोग लिँदा आफ्नो अस्थित्यलाई पनि ख्याल राख्न सुझाव दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);