परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेश सचिव श्रृङ्गलाबीच शिष्टाचार भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेश सचिव श्रृङ्गलाबीच शिष्टाचार भेट

काठमाडौं, ११ मंसिर । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले कोरोनाको भ्याक्सिनमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव श्रृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

सचिव श्रृङ्गलाले नेपाल भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तो सुकै प्रतिकुल अवस्थामा पनि नविग्रिएको दावी गर्नुभयो । कोरोना महामारीमा एक अर्काको साथ नछोडेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘कोभिड उपचारमा भारतले सबै छिमेकीहरुलाई सहयोग गर्दै आएको छ । त्यस्तै कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन आम रुपमा उपलब्ध हुँदा पहिले भारतमा आयो भने त्यो पनि सहयोग नेपालले पाउने हो । हाम्रो दुईपक्षीय सम्बन्ध सम्भयतासँग जोडिएको छ । यो धेरै बलियो छ । जस्तै प्रतिकुल अवस्थामा पनि यो विग्रिएको छैन् । कोरोना महामारीमा पनि हामीले छोडेनाैँ । ’’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताउनुभयो । नेपाल भारत सम्बन्ध ऐतिहासिक भएकाले दुईदेशको सम्बन्धको जग बलियो रहेको उहाँले बताउनुभयो । 

सचिव श्रृङ्गलाले आज सिंहदरवार स्थित परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको हो । यसैबीच भेट पछि विदेश सचिव श्रृङ्गलाले भारत सरकारका तर्फबाट नेपालालई सहयोग प्रदान गरेको दुई हजार भाइल रेम्डिसिभिर लगायत स्वास्थ्य सहायता हस्तान्तरण गर्नुभएको छ ।

विदेशसचिव श्रृङ्गलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा आलीसँग पनि शिष्टाचार भेट गर्नुभएको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);