परराष्ट्र मन्त्रालयले माग्यो अमेरिकासंग कोरोनाविरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

परराष्ट्र मन्त्रालयले माग्यो अमेरिकासंग कोरोनाविरुद्धको खोप

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहायक विदेशमन्त्री वेन्डी शेर्मनसँग कोरोनाविरुद्धको खोप सहयोग मागेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले सोमबार बिहान अमेरिकी सहायक विदेशमन्त्रीसंग टेलिफोन वार्ता गरी बढी भएको कोरोना खोप वितरण गर्ने क्रममा नेपाललाई सहयोग गर्न आग्रह गरेका हुन्।वार्तामा नेपाल–अमेरिका सम्बन्ध, कोरोना महामारीमा सहकार्य र अन्य अन्तर्राष्ट्रिय एजेन्डालगायत धेरै विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

नेपाल–अमेरिका सम्बन्धबारे सन्तोष व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय र बहुपक्षीय वार्तालाई जारी राख्दै अघि बढ्नेबारे उनीहरुबीच सहमति पनि भएको मन्त्रालयले जनाएको छ।

सहायक विदेशमन्त्री शेर्मनले अमेरिकाले नेपालको सामाजिक–आर्थिक क्षेत्रमा सहयोग बढाउने आश्वासन दिएकी थिइन्। उनले अमेरिकाले सहकार्यमा नेपालमा बन्न गइरहेका केही महत्वपूर्ण आयोजनाले नेपाललाई समृद्धितर्फ डो¥याउने विश्वास व्यक्त गरेकी थिइन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);