उन्नती माइक्रोफाइनान्सको हकप्रद शेयर आउँदै, सेबोनमा स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

उन्नती माइक्रोफाइनान्सको हकप्रद शेयर आउँदै, सेबोनमा स्वीकृत

hakprad

काठमाडौं, २६ पुस । उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद शेयर आउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) पुस २० गते स्वीकृति पाएसँगै आउने भएको हो । यो समाचार आजको अभियान दैनिकमा छ ।

कम्पनीले ५ बराबर १ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५ करोड ५० लाख रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. ६ करोड ६० लाख पुग्नेछ ।

साथै, कम्पनीले ४० दशमलव ५ प्रतिशत बोनस शेयर र २ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २६ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);