भूकम्प पीडितहरुको लगत छुटको पुन जाँच गर्ने म्याद थप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भूकम्प पीडितहरुको लगत छुटको पुन जाँच गर्ने म्याद थप

rastriya puna nirman pradhikaran

काठमाडौं, ३२ जेठ । सरकारले भूकम्प पीडितहरुको लगत छुटको पुन जाँच तथा सर्वेक्षण गर्ने कार्यको लागि असार १५ गतेसम्म म्याद थप गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितहरुको लगत छुट तथा पुनःजाँच सर्वेक्षण कार्यको लागि असार १५ गतेसम्म म्याद थप गरेको छ ।

यस अघि लगत छुटको लागि २०७६ साल जेठ मसान्तसम्म समय दिइएको थियो । छुट भएकाहरुको सबै जिल्लामा १५ दिन भित्र सर्वेक्षण गर्ने काम सक्न प्राधिकरणले सबै जिल्लामा निर्देशन जारी गरेको छ । भूकम्प पीडितहरुको यथार्थ तथ्याँक संकलनका लागि प्राधिकरणले समय थप गरेको हो ।

प्राधिकरणमा विभिन्न जिल्लाबाट ६० हजारको छुट भएको भनी गुनासो संकलन भएको छ । थप गरिएको समयमा आफ्नो लगत संकलन गराउन प्राधिकरणले सर्वसाधरणलाई अपिल गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);