राष्ट्र बैंकले आर्थिक वर्षका लागि मौद्रिक नीति तयार पार्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्र बैंकले आर्थिक वर्षका लागि मौद्रिक नीति तयार पार्दै

rastra-bank

तेजना पाण्डित
काठमाडौं, ३२ जेठ । राष्ट्र बैकले आर्थिक वर्ष २०७६/०७७ का लागि मौद्रिक नीति तयार पार्दैछ । नयाँ आर्थिक वर्षका लागि राष्ट्र बैकले कस्तो मौद्रिक नीति ल्याउँछ भन्ने चाँसोका साथ हेरिएको छ । देशको समग्र आर्थिक क्षेत्रमा बैंकको आर्थिक नीतिले प्रभाव पार्ने भएकोले मौद्रिक नीतिमा सबैको चासो रहेको हो ।

सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेसंगै प्रत्येक वर्ष राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक गर्ने प्रचलन रहेको छ । बजेट कार्यान्वयन लगाएत अन्य आर्थिक क्षेत्रमा समेत मौद्रिक नीतिले प्रभाव पार्ने भएकोले राष्ट्र बैंकले तयार पार्ने मौद्रिक नीतिमा सबैको चाँसो रहंदै आएको छ ।

बजेटका विभिन्न शीर्षक अन्तरगत रकमको आपूर्ती र फछ्र्याैटका लागि बजेट व्यवस्था र खर्चको विधिमा समेत मौद्रिक नीतिले प्रभाव पार्ने गर्दछ । जसका कारण पनि मौद्रिक नीतिमा सबैको चाँसो रहने गरेको हो ।

सहि मौद्रिक नीतिले मुद्रा स्फीर्तिलाई नियन्त्रण राखी मूल्य स्थिरता कायम गर्न समेत सहयोग गर्दछ । आर्थिक क्षेत्रका जानकारहरुले बजारमा स्थिर पुँजी लगानी गर्न वातावरण बनाइ कर्जाको व्याजदरमा विशेष ध्यान दिनेगरी मौद्रिक नीति बनाउन सुझाव दिएका छन् ।

मौद्रिक नीतिले मुख्य रुपमा मूल्य स्थायित्व कायम गर्ने, भुक्तानी प्रणालीलाई पनि व्यवस्थित गर्ने लगायतका काम गर्दछ । नेपाल जस्तो देशमा बजेट प्रस्तुत भएसंगै बस्तु तथा सेवाको मूल्य समेत बढ्ने भएकोले राष्ट्र बैंकले मुल्य बृिद्धको असर पर्न नदिने गरी नीति तय गर्नुपर्ने अर्थमन्त्रालयका पूर्व सचिव रामेश्वर खनालको धारणा रहेको छ । सरकारले आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने तथा मुद्रास्फीर्ती दर ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);