नुवाकोटमा २८ हजार ८ सय भूकम्प पीडितले तेस्रो किस्ताको रकम लिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नुवाकोटमा २८ हजार ८ सय भूकम्प पीडितले तेस्रो किस्ताको रकम लिए

सालिकराम चालिसे
नुवाकोट, ५ मंसिर । नुवाकोटमा रहेका कुल ७४ हजार ४ सय भुकम्प पीडित मध्ये हालसम्म करिब ३८ प्रतिशत अर्थात २८ हजार ८ सय भुकम्प पीडितले मात्रै तेस्रो किस्ताबापतको रकम लिएका छन् । निर्माण सामाग्रीको अभावका कारण नुवाकोटमा तेस्रो किस्ता लिनेको संख्या अत्यन्तै न्युन रहेको हो ।

नुवाकोटमा रहेको ७४ हजार ४ सय ६ जना भुकम्प पीडित मध्ये हालसम्म करिव ३८ प्रतिशत अर्थात २८ हजार ८ सय २५ जना लाभग्राहीले मात्रै तेस्रो किस्ता बापतको रकम लिएका छन् ।

तेस्रो किस्ता लिनेको संख्या अत्यन्तै न्युन हुनमा नदिजन्य सामाग्रीको अभाव र सर्बोच्च अदालतको अन्तरिम आदेशको कारण नुवाकोटमा क्रसर सञ्चालन नहुनु मुख्य कारण रहेको अनुदान व्यबस्थापन तथा स्थानिय पुर्बाधार शाखा नुवाकोटले जनाएको छ ।

७४ हजार ४ सय ६ लाभग्राही रहेको नुवाकोटमा सर्वेक्षणबाट ६५ हजार ७ सय ७३, गुनासो फछर्याैटबाट ३ हजार ५ सय १६ जनाको पहिचान भएको र पुन सर्वेक्षणबाट ५ हजार ३ सय ३० लाभग्राहीको पहिचान भएको अनुदान व्यबस्थापन तथा स्थानिय पुर्बाधार शाखा नुवाकोटले जनाएको छ ।

जसमा पहिलो किस्ता लिनेको संख्या ६६ हजार ९ सय ५६ रहेको छ । सरकारबाट लिनेको संख्या ६३ हजार ८ सय ३२ र एनजीओ÷ आइएनजीओ लिनेको संख्या ३ हजार १ सय २४ रहेको कार्यलयले जनाएको छ ।

त्यस्तै दोस्रो किस्ता लिनेको संख्या ६१ हजार २ सय ३ रहेको छ । जसमा सरकारबाट लिनेको संख्या ५८ हजार २ सय ७० र एनजीओ÷आइएनजीओबाट लिनेको संख्या २ हजार ९ सय ३३ रहेको छ ।

नुवाकोटमा भूकम्पबाट आबासमा क्षति पुगेपनि अनुदान रकम नपाएको भन्दै ११ हजार ५ सय ३ लाभग्राहीहरुले दोश्रो पटक गुनासो फारम भरेकोमा ११ हजार ४ सय १६ गुनासो फछ्र्यौट भएको शाखाले जनाएको छ ।

शाखाका निमित्त आयोजना प्रमुख श्रेष्ठले ९ सय ३६ लाभग्राहीले प्रबलिकरणको लागि निवेदन दिएको बताए । जसमा ६१ लाभग्राहीसँग अनुदान सम्झौता भएको र ६३ जनालाई पहिलो किस्ता बापतको रकम बितरण गरी दोश्रो किस्ताको रकम बितरण गर्ने प्रक्रियामा रहेको बताए ।

कार्यालयले अझै पनि लाभग्राही सूचिमा नाम नभएका गैर लाभग्राहीहरुलाई अनुदान व्यबस्थापन तथा स्थानिय पुर्बाधार शाखामा निबेदन दिन आग्रह गरेको छ । सरकारले गैर लाभग्राहीले पनि अनुदान लिएको भन्दै तत्काल फिर्ता गर्न आग्रह गरेपनि नुवाकोटमा भने कुनैपनि लाभग्राहीले अनुदान फिर्ता नगरेको निमित्त प्रमुख श्रेष्ठले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);