पशु बीमा सम्बन्धी व्यवस्था परिर्वतन गर्नु पर्छ: कृषी विज्ञ | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

पशु बीमा सम्बन्धी व्यवस्था परिर्वतन गर्नु पर्छ: कृषी विज्ञ

pasu-bima

काठमाडौं, ५ मंसिर । पशु धनको बीमामा किसानहरुलाई थप सहुलियत दिर्नुपर्ने कृषी विज्ञहरुको भनाइ रहेको छ ।

ललितपुरमा बुधबार भएको पशुधन बीमा र जलवायु परिर्वतन सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी विज्ञहरुले पशु बीमा सम्बन्धी व्यवस्थालाई केही परिर्वतन गर्नुपर्ने आवश्यकता बताएका छन् । कार्यक्रममा पशुधनको बीमा गरेका किसानहरुले भवितव्य तथा प्राकृतिक प्रकोपमा परि मरेका पशुको बीमा दाबी गर्न कानूनी झन्झट रहेकाले यसलाई परिर्वतन गर्न माग गरेका छन् ।

विश्व बैकको नेपाल कार्यालयमा रहेकी कृषि विज्ञ करिष्मा वस्तीले जलवायु परिवर्तन संगै आउने जोखिम बढेकाले पशुधनको सुरक्षा र विद्यमान बीमा नियमलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

नेपाल सरकार, विश्वबैक र बीमा समितिले पशुधन बीमा कार्यक्रम लागु भएका जिल्लाहरुमा बीमाको प्रभावकारीता बारे अध्ययन गरिरहेका छन् । प्रारम्भिक अध्ययनमा नै बीमा नियममा परिर्वतन गर्न आवश्यक रहेको तथ्य बाहिर आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);