पर्सामा फोहर मैला ब्यवस्थापन हुन सकेन, गाउँपालिकाले वेवास्ता गरेको स्थानीयको गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्सामा फोहर मैला ब्यवस्थापन हुन सकेन, गाउँपालिकाले वेवास्ता गरेको स्थानीयको गुनासो

fohor

राजु प्रसाद साह बिरगंज, ५ मंसिर ।  पर्साको परवानीपुर गाउपालिकामा प्रदुषणको मात्रा वढ्दै गएको वातावरण विदहरुले बताएका छन ।

ठुलो परिमाणमा रहेको फोहर मैला व्यवस्थापन नहुदा सर्वसधारणको दैनिकी कष्टकर बनेको छ । बजार तथा सडक किनारमा फालिएको फोहर, कच्ची सडकको धुलोधुवाका कारण त्यहा बसोबास गर्ने आम जनताको दैनिकी कष्टकर बन्दै गईरहेको छ ।

परवानीपुरको बजार क्षेत्रमा जताततै फोहर देखिन्छ । फोहोर व्यवस्थापनका लागि बजेट निकासा हुन्छ, कर पनि उठाईन्छ तर फोहोर व्यवस्थापन भने हुन सकेको छैन । गाउपालिकाले फोहर ब्यवस्यथापन गर्न कुनै पनि पहल नगरेको आक्रोश तथा गुनासो आम जनता तथा ब्यापारीहरुको रहेको छ ।

फोहोर व्यवस्थापनको जिम्मेवारी लिनुको साटो स्थानीय तहका प्रतिनिधि वजार दुर्गन्धीत हुनुमा स्थानीय जनतालाई नै दोष दिएर जिम्मेवारीबाट पन्छीने गरेका छन ।

तर, सामान्य फोहोर व्यवस्थापन समेत हुन सकेको देखिदैन । स्थानीयहरु समेत घरको फोहोर सडकमा फाल्ने कार्यले गर्दा फोहोर व्यवस्थापनमा थप समस्या हुदै गएको छ । फोहोरको उचित व्यवस्थापन गरि गाउँ शहर सफा राख्न स्थानिय वासिन्दा तथा जनप्रतिनिधि सवै मिलेर काम गर्न आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);