काठमाडौंको फोहर व्यवस्थापन संझौता कार्यान्वयनमा अन्यौल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौंको फोहर व्यवस्थापन संझौता कार्यान्वयनमा अन्यौल

fohor bebasthapan

काठमाडौं, २५ कात्तिक । काठमाडौं महानगरपालिकाको अडानका कारण उपत्यकाको फोहर व्यवस्थापन निजी क्षेत्रलाई दिने सम्बन्धी संझौता कार्यान्वयनमा अन्यौल देखिएको छ । काठमाडौं महानगरसहित अन्य ९ नगरपालिकाको एकीकृत फोहोर व्यवस्थापनका लागि एक निजी कम्पनीसँग संझौता भएपनि काठमाडौं महानगरले कर्मचारी व्यवस्थापनको अड्को थापेपछि अन्योल बढेको हो । यसले उपत्यकामा फोहोर व्यवस्थापनलाई थप समस्याग्रस्त बनाएको छ ।

काठमाडौं महानगरसहित उपत्यकाका विभिन्न ९ वटा नगरपालिकाको एकीकृत फोहर व्यवस्थापनको जिम्मा नेप वेस्ट प्रालिले लिएको थियो । तीन महिना अघि भएको संझौतामार्फत दिइएको यो जिम्मेवारी काठमाण्डौ महानगरपालिकाको अडानका कारण अन्यौल भएको छ । सरकारले गत फागुनमा फोहर मैला व्यवस्थापनको जिम्मा दिने गरि नेप वेस्ट प्रालिसंग प्रारम्भीक सम्झौता (एमओयु) गरेको थियो ।

सोही सम्झौता अनुसार लगानी बोर्डले २०७५ असार १ गते परियोजना विकास सम्झौतालाई स्वीकृत समेत गरिसकेको छ । तर, परियोजना विकास सम्झौता स्वीकृत भएको ३ महिना भित्र फोहर संकलनको सुरुवात, कामदारहरुको समायोजन, उपकरण र औजारहरुको हस्तान्तरण गरिसक्नुपर्ने प्रारम्भीक सम्झौता भएपनि अहिलेसम्म काम सुरु हुन सकेको छैन ।

काठमाडौं महानरपालिकाले कर्मचारी समायोजनमा प्रारम्भीक सम्झौता भन्दा भिन्न रुपमा अडान राखेपछि अन्तिम सम्झौता हुन नसकेको हो । काठमाडौं महानगरपालिकाले फोहर मैला व्यवस्थापनमा कार्यरत आफ्ना एकहजार छ कर्मचारीको बर्षभरीको तलब एकमुष्ट महानगरको खातामा जम्मा गरिदिनुपर्ने र फोहोर व्यवस्थापनमा महागरले प्रयोग गर्दै आएका उपकरणहरु खरिद गर्नुपर्ने सर्त राखेपछि समस्या आएको हो ।

महानगरले अघि सारेका पछिल्ला ५ बुँदे सर्तलाई विकासकर्ता कम्पनीले अव्यवहारिक भन्दै स्वीकार गर्न नसकिने बताएको छ । मध्यस्थकर्ताको रुपमा रहेको लगानी बोर्डले महानगरका कडा सर्तका कारण समस्या आएको भन्दै फोहर मैला व्यवस्थापन प्याकेज एकको विकासकर्ता कम्पनी नेपवेष्ट प्रालिको लचकताको कमी देखिएको बताएको छ । लगानी वोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सबैको सहयोग विना फोहर व्यवस्थापन चुनौतिपूर्ण रहेके भन्दै व्यवस्थापनका लागि वार्ता अघि बढाउने तयारी रहेको बताए ।

काठमाडौं उपत्यकाको एकीकृत फोहोर मैला व्यवथापन सार्वजनिक निजी साझेदारीको माध्यमबाट गर्न २०६६ साल भदौमा स्थानीय विकास मन्त्रात्रालयबाट प्रक्रिया अघि बढाईएको थियो । २०६७ साल पुस १ गते काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापन सम्बधी आशयपत्रको सूचना प्रकाशित गरिएको थियो । त्यस पछि महानगरसहित ९ वटा नगरपालिकाको फोहर व्यवस्थापनका लागि २०७४ फागुन २३ गते प्रारम्भीक हस्ताक्षर गरिएको थियो ।

प्याकेज १ अन्र्तगतको विकास सम्झौतामा बञ्चरेडाँडामा ल्याण्डफिल, प्रशोधन, उत्पादन र रि–साईकिलिङ साईट स्थापना गर्ने, परियोजना क्षेत्र भित्रको फोरमैला व्यवस्थापन, सडक, धार्मिक तथा सार्वजनिक स्थलको फोहर व्यवस्थापन गर्ने तथा विकासकर्ताले हालको फोहर व्यवस्थापन गरिरहेका औपचारिक र अनौपचारिक जनशक्तिलाई उचित व्यवस्थापन गर्ने उल्लेख छ ।

मेसिन औजार र सवारी साधन लगायत पूर्वाधारको हस्तान्तरण सम्बन्धमा भने विकासकर्ताले सम्बन्धित नगरपालिकाहरुको वार्ताबाट सहमतिका आधारमा तय गरिने उल्लेख छ । सरकारले फोहोर मैला व्यवस्थापन परियोजनालाई तीनवटा प्याकेजमा विभाजन गरि फोहर व्यवस्थापनको कार्य निजी क्षेत्रलाई दिन लागेको हो ।

प्याकेज १ मा काठमाण्डौ महानगरपालिका सहित दक्षिणकाली, गोकर्णेश्वर, बुढानिलकण्ठ, तारकेश्वर, टोखा, चन्द्रागिरी, नागार्जुन, शंकरापुर, कागेश्वरी, मनोहरा नगरपालिकाहरु र प्याकेज २ मा ललितपुर महानगरपालिका तथा कीर्तिपुर, महालक्ष्मी र गोदावरी नगरपालिकाहरु तथा प्याकेज ३ मा भक्तपुर, चाँगुनारायण, मध्यपुर थिमी र सुर्यविनायक नगरपालिका रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);