कपिलवस्तुमा अनावरित क्रकुच्छन्द बुद्धको प्रतिमा विश्वमै पहिलो भएको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कपिलवस्तुमा अनावरित क्रकुच्छन्द बुद्धको प्रतिमा विश्वमै पहिलो भएको दाबी

कपिलवस्तु । कपिलवस्तुमा शनिबार अनावरण गरिएको क्रकुच्छन्द बुद्धको प्रतिमा विश्वमै पहिलो भएको दाबी गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले अनावरण गरेको प्रतिमा विश्वमै पहिलो भएको यस क्षेत्रमा जानकारी राख्ने जानकारको दाबी छ ।

कनकमणि बुद्धको मुर्ति विश्वको दोस्रो भए पनि क्रकुच्छन्द बुद्धको मूर्ति भने अझैसम्म विश्वको कुनै मुलुकमा नभएको जानकारहरु बताउँछन् । धेरैलाई क्रकुछन्द बुद्धको आकृति नै थाहा छैन । बिभिन्न ठाँउमा रहेको बुद्धको प्रतिमाहरु अध्ययन गर्ने क्रममा बुद्ध भूमिको आधारमा लुम्बिनी बिकास कोषसँग समन्वय गरेर त्यसको आकृति पहिचान गर्ने काम गरेको मुख्यमन्त्री पोख्रेलले जानकारी दिए ।

यस अघि बर्मामा कनकमणिको मूर्ति बनाइएका कारण कनकमणी बुद्धको भने यो विश्वमै दोश्रो प्रतिमा हो ।कपिलबस्तु नगरपालिका–६ मा पर्ने निग्लिहवा कनकमणि बुद्धको जन्मस्थलको रुपमा परिचित छ । तर यसको प्रचार प्रसार नहुँदै धेरै यसबारे अनविज्ञ छन् । यी दुई मूर्तिको अनावरणपछि कपिलबस्तु ऐतिहासिक सम्पदाले भरिएको ठाउँ हो भनेर चिनाउन थप सघाउ पुगेको सरोकारवाला बताउँछन् ।

आगामी दिनमा कपिलवस्तुका सम्पदा स्थलको थप उत्खनन् हुने कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले बताईसकेका छन् । भविष्यमा कपिलवस्तुको थप महत्व र गरिमा बढ्ने मुख्यमन्त्रीको दाबी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);