मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमबाट १४० घरपरिवारको निःशुल्क बिमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमबाट १४० घरपरिवारको निःशुल्क बिमा

कपिलवस्तु । कपिलवस्तु नगरपालिकामा संचालित मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमबाट १ सय ४० गरिव तथा विपन्न घर परिवारका लागि निःशुल्क बिमा गरिएको छ । नेपाल सरकारबाट जारी गरिएको एक लाख सम्मको निःशुल्क बिमा कार्यक्रम अन्र्तगत कपिलवस्तु नगरपालिका वडा नं ६ मा बस्ने गरिव तथा विपन्न परिवारका लागि सो कार्यक्रम संचालन गरिएको हो ।

यो कार्यक्रमबाट १ सय ४० घर परिवारको लागी बिमा गर्न वा नवीकरण गर्न लाग्ने शुल्क बापतको रकम दर्ता सहयोगी मार्फत बुझाइएको छ । कपिलवस्तु नगरपालिकामा यो आर्थिक वर्षदेखि संचालन भएको मुख्यमन्त्री ग्रामिण विकास तथा रोजागार कार्यक्रम सिफारिस समितिका संयोजक तथा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले उद्घाटन गरेको सो कार्यक्रमबाट १ सय ४० घर परिवार लाभान्वित भएका छन् ।

आर्थिक अभावका कारण औषधि उपचारमा समस्या परेकाहरुका लागि यो कार्यक्रम सहयोगी बन्ने कार्यक्रम सहजकर्ता रुकैया खातुनले बताईन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);