बागमती प्रदेशमा एमाले एकै कित्तामा उभियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बागमती प्रदेशमा एमाले एकै कित्तामा उभियो

काठमाडौं । बागमती प्रदेशमा नेकपा एमाले एक कित्तामा बनेको छ । बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा नेपाल पक्षीय सांसदहरु एक एक कित्तामा उभिएका हुन् ।

आइतबार बिहान बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र उनिसंग पराजित नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न निर्देशन दिएका हुन् । लामो सयमदेखि एमालेभित्र देखिएको वितण्डका कारण एमाले एकता जोगाउन यतिखेर अधिकांश लागिपरेको देखिन्छ ।

त्यस्तै शाक्यले खुलेरनै आइतबार बसेको बैठकमा सर्वोच्चको फैसलाले एमाले एकताका लागि एक खालको कोशेढुंगा बन्न सक्ने भन्दै एकताको माहौल बनाउने हेतुलेनै आफूहरु एक भएको तर्क गरेकी छिन् ।

नेतृ शाक्यले आफूहरूलाई मुख्यमन्त्रीले सोधेको स्पष्टिकरण लिखित रूपमै फिर्ता लिइसकेकोले त्यसबाट पार्टी एक हुने विषयमा एक खुड्किलो अगाडि बढेको समेत बताएकी छिन् । अहिले एमाले एक बनाउनमा दोस्रो तहका नेताहरु सक्रियरुपमा लाग्न थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);