पूर्वप्रधानसेनापति क्षत्री भन्छन्, विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

पूर्वप्रधानसेनापति क्षत्री भन्छन्, विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा

rajendra chhatri

काठमाडौं, १४ चैत । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिएका छन् ।

नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले चालेका कदमको आलोचना गरे ।

गत भदौ २४ गते अवकाश पाएका पूर्वप्रधानसेनापति क्षत्रीले प्रविबन्धित नेकपाका नेता कार्यकर्ता नियन्त्रणमा सेनालाई अघि नसार्नसमेत सुझाव दिए । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);