पासो लगाएर मारिएको अवस्थामा आधा दर्जन गाई फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पासो लगाएर मारिएको अवस्थामा आधा दर्जन गाई फेला

डडेल्धुरा, ६ चैत । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा ग्याविन तारले पासो लगाएर गाईको हत्या गरिएको पाइएको छ । सामुदायिक वनको भिरालो क्षेत्रमा झुण्ड्याएर मारिएको अवस्थामा गाई भेटिएको हो । देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा करिब एक साताअघि गाईको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरीको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ । ५ वटा गाई रुखमा झुण्ड्इएको अवस्थामा र एउटा गाईको बंगारा भेटिएको छ । गाई मार्नका लागि बनाइएको ग्याविन तारको दुईवटा खाली पासो भेटिएका छन् ।

मारिएका गाईहरू दुई वर्षसम्मका रहेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र डडेल्धुराका पशुसेवा प्राविधिक शेरबहादुर थापाको भनाई छ ।

मरेका गाईहरुलाई स्याल, कुकुर तथा गिद्धले समेत खाएको अवस्थामा देखेपछि स्थानीयले जानकारी गराएको आधारमा घटना बिहीबार सार्वजनिक भएको हो ।

गाईलाई कसले र किन पासो लगाएर मारेको हो भन्ने विषयमा भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । बिहीबार बिहान स्थानीय प्रशासन, प्रहरी, स्थानीय जनप्रतिनिधि, पशुसेवा प्राविधिक र सञ्चारकर्मीको टोलीले गौहत्या गरिएको क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);