दाङमा खुँडा प्रहार गरी श्रीमतीको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दाङमा खुँडा प्रहार गरी श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानले श्रीमतीलाई खुँडा प्रहार गरी हत्या गरेका छन्। गढवा गाउँपालिका २ का ४० बर्षीय धनिराम चौधरीले ४३ बर्षीय श्रीमती शिला चौधरीलाई गर्दनमा खुँडा प्रहार गरी हत्या गरेका हुन् ।

आइतवार विहान १० बजेतिर खुँडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द्र प्रसाद रिजालले बताए ।

उनका अनुसार आपसी बिबादमा धनिरामले शिलामाथि खुँडा प्रहार गरी गम्भिर घाइते बनाएको र उपचारको लागि लमही तर्फ ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको बताईएको छ ।

खुँडा प्रहार गर्ने चौधरीलाई नियन्त्रण लिइ थप अनुसन्धान भइरहेको डिएसपी रिजालले बताएका छन्।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);