कोदालो प्रहार गरी श्रीमतीको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोदालो प्रहार गरी श्रीमतीको हत्या

कञ्चनपुर, १२ असार । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सशस्त्र प्रहरीका सहायक हवल्दारले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

धानको बीउ छर्ने विषयमा विवाद हुँदा तिलाचौर–८ का केशव कार्कीले कोदालो प्रहार गरी श्रीमती सीता कार्कीको हत्या गरेका हुन् । टाउकोमा कोदालो प्रहार गरिएकी सीताको घटनास्थलमै मृत्यु भएको हो ।

सशस्त्र सीमा सुरक्षा बल दाङमा कार्यरत कार्की बिदामा घर आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);