Our Network

माघ ७ २०७८, शुक्रबार

पर्सा, २० असोज । पर्साको ठोरीमा एक महिलाको हत्या भएको छ ।

ठोरी गाउँपालिका ५ सुवर्णपुरकी स्थानीय सानु लक्ष्मी बम्जमको टाउकोमा कोदालोले प्रहार गरी हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

माटो लिन जान्छु भनेर घरबाट निस्केकी बम्जमको शव स्थानीय वासी जमुना चौधरीको उखु बारीमा फेला परेको स्थानीयले जानकारी दिएका छन् । बलात्कारपछि हत्या भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । शवसँगै रगत लागेको कोदालो भेटिएको प्रहरीले जानकारी दिएको छ ।

घटनाका शंकास्पद एक जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।