कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं। कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।  मकवानपुरको थाहा नगरपालिका – १२ गैरीगाउँ बस्ने ८९ वर्षीय आइत सिंह  स्याङ्तानको कोदालोको बिडले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाइसन गोलेलाई बिहीबार पक्राउ गरेको  प्रहरीले जनाएको छ ।  एक आपसमा विवाद हुँदा टाइसनले कोदालोको बिडले हान्दा स्याङ्तान गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले टाइसनलाई पक्राउ गरेको हो । यससम्बन्धमा थप अनुसन्धान भइरहेकोसमेत प्रहरीले जनाएको छ ।

Leave a Reply