ट्याङकर दुर्घटना हुँदा १२ हजार लिटर डिजेल नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ट्याङकर दुर्घटना हुँदा १२ हजार लिटर डिजेल नष्ट

बारा, १२ असार । बाराको जीतपुरमा डिजेल बोकेको ट्याङकर दुर्घटना हुँदा १२ हजार लिटर डिजेल नष्ट भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ७ रातोपुल नजिकै ना २ ख १११४ नम्बरको ट्याङकर पल्टिदा १२ हजार लिटर डिजेल नष्ट भएको हो ।

रक्सौलबाट डिजेल बोकेर अमलेखगन्ज स्थित नेपाल आयल निगम डिपोमा आउँदै गरेको ट्याङकर यात्रुबाहक बसलाई साइड दिने क्रममा पल्टिएको हो ।

डिजेल सडकमा पोखिएपछि स्थानीय उद्दार गर्नुको सट्टा डिजेल संकलन गर्न थालेका थिए । सिमराबाट गएको प्रहरी टोलीले चालक सहित तीन जनाको उद्दार गर्नुका साथै केहि मात्रामा डिजेल ड्रममा खनाएर जोगाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);