रूपन्देहीमा दर्ता बिना नै सञ्चालित ८ ट्राभल्स कम्पनीमा सिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रूपन्देहीमा दर्ता बिना नै सञ्चालित ८ ट्राभल्स कम्पनीमा सिल

रूपन्देही, १२ असार । रूपन्देहीमा दर्ता बिना संचालनमा रहेका ८ ट्राभल्स कम्पनीमा सिल गरिएको छ । मंगलबार अनुगमनका क्रममा दर्ता बिना नै संचालन गरेको पाइएपछि ८ ट्राभल्स कम्पनीमा सिल गरिएको हो ।

पर्यटन कार्यालय, भैरहवाका कार्यबाहक प्रमुख भीमबहादुर क्षेत्रीले कानुनी प्रक्रिया पूरा नगरि संचालनमा रहेका ट्राभल्स सिल गरिएको बताए ।

रूपन्देहीमा १ सय भन्दा धेरै ट्राभल्स कम्पनी छन् । ट्राभल्स कम्पनीले राज्यले तोकेको भन्दा बढी रकम लिने गरेको गुनासो आएपछि सरोकारवाला निकायले अनुगमन गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);