हँसिया र बाँसको लठ्ठी प्रहार गरी श्रीमतीद्वारा श्रीमानको हत्या | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

हँसिया र बाँसको लठ्ठी प्रहार गरी श्रीमतीद्वारा श्रीमानको हत्या

kutpit

विकास डाँगी,
दाङ । दाङमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका ३ निवासी ५६ वर्षीया देविकुमारी योगीले आफ्नै श्रीमान ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आइतबार बिहान सवा २ बजेतिर घरायसी विवाद हुँदा दबि कुमारीले श्रीमान खिमलाललाई हँसिया र बाँसको लट्ठी प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);