नेपाललाई युरोपेली संघको हवाई सुरक्षा ‘ब्ल्याक लिस्ट’ बाट हटाउन संरचननागत सुधार गदैछौँः सचिव निरौला | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८३, बुधवार

नेपाललाई युरोपेली संघको हवाई सुरक्षा ‘ब्ल्याक लिस्ट’ बाट हटाउन संरचननागत सुधार गदैछौँः सचिव निरौला

काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाललाई युरोपेली संघको हवाई सुरक्षामा ‘ब्ल्याक लिस्ट’ बाट हटाउन संरचननागत सुधार थालिएको बताउनुभएको छ । विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा यसबारे जानकारी दिनुभएको हो । मन्त्रालयका सचिव निरौलाकाअनुसार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा “ब्ल्याक लिस्ट” बाट हटाउन आवश्यक संरचनागत सुधारको प्रक्रिया अघि बढाइएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई नियामक र सेवा प्रदायक संस्थाका रूपमा छुट्याउने प्रश्ताव तयार गरी कानुन मन्त्रालयमा पठाउने अन्तिम तयारी भइरहेको छ । युरोपियन अडिटले उठाएका मुख्य सर्तमध्ये संरचनागत सुधार प्रमुख विषय भएकाले त्यसलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँको भनाइ छ ।

उहाँले भैरहवा लगायत निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन कूटनीतिक पहल, हवाई सेवा कम्पनीलाई आकर्षित गर्न छुट तथा सहुलियत दिने नीति अवलम्बन गरिने पनि जानकारी दिनुभयो । आगामी बजेटमा पर्यटन प्रवद्र्धनतर्फ मन्त्रालयले आधुनिक प्रविधिमार्फत पर्यटक व्यवस्थापन, संघ–प्रदेश–स्थानीय तहबीच समन्वय तथा सांस्कृतिक पहिचानमा आधारित पर्यटन विस्तारलाई प्राथमिकता दिइनेछ । नेपाललाई ‘देवभूमि’ का रूपमा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने अभियान सञ्चालन गरिने सचिव निरौलाले बताउनुभयो । उहाँले  पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथजस्ता धार्मिक तथा आध्यात्मिक क्षेत्रलाई कूटनीतिक माध्यमबाट अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरिने जानकारी दिनुभयो । आगामी बजेटमा  होमस्टे कार्यक्रमलाई “जीवित संग्रहालय” को अवधारणाअनुसार विकास गर्दै ब्राण्डिङ र बुकिङ प्लेटफर्मसँग आबद्ध गरिने नीति लिइएको उहाँले बताउनु भयो ।

Leave a Reply