काठमाडौँ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठककको आकस्मिक, शुन्य तथा विशेष समयमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संवैधानिक अधिकार भएकाले त्यसलाई सरकार वा कसैले पनि चाहेर हनन गर्न नसक्ने तर्क समेत गर्नुभयो ।
उहाँले प्रेस स्वतन्त्रतासँगै जवाफदेहीता पनि हुने भएकाले पत्रकारहरुले सो कुरालाई मनन गरेर अघि बढन आवश्यक रहेको पनि बताउनु भयो । मन्त्री तिमिल्सिनाले पत्रकारहरुले संवैधानिक अधिकार, आफनो गरिमा र सीमाभित्र रहेर काम गर्नुपर्ने पनि बताउनु भयो । त्यस अवसरमा मन्त्री तिमिल्सिनाले सरकार सांसदहरुले दिएको सुझावलाई केन्द्र भागमा राखेर अघि बढने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।




