सरकारबारे प्रतिनिधि सभाका सांसदहरुको विश्लेषणः प्रभावहीन र कमजोर बन्दै गयो | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८३, बुधवार

सरकारबारे प्रतिनिधि सभाका सांसदहरुको विश्लेषणः प्रभावहीन र कमजोर बन्दै गयो

काठमाडौँ ।

प्रतिनिधि सभाका सांसदहरुले जनविश्वास गुमाउँदै गएको भन्दै सरकारको आलोचना गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरु रिङ्गला यादव, रिना उप्रेती, रिमा विश्वकर्मालगायतले सरकार कमजोर र प्रभावहीन बन्दै गइरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । सांसद यादवले उखु किसानको भुक्तानी अझै दिने काम गर्न नसकेको भन्दै सरकारको क्षमतामाथि नै प्रश्न उठाउनु भयो । उहाँले पटक पटक दिने भनिएको उखु किसानको भुक्तानी अझै उपलब्ध नहुँदा पनि सरकारले आवश्यक कदम चाल्न नसकेको गुनासो समेत गर्नुभयो ।

सरकारले प्रेसमाथि अकुंश लगाउने खालका गतिविधि गरेको सांसद रिना उप्रेतीको आरोप छ । उहाँले प्रेसलाई आतंकित बनाउने काम तत्काल बन्द गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।सांसद रिमा विश्वकर्माले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौति दिनु भयो । जातीय हिंसालाई दलितको मात्रै मुद्धा ठान्ने, नसुनेझै, नदेखेझै गर्ने हाम्रो समाजको दोषी चश्मालाई खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने उहाँको भनाई थियो । सांसद विश्वकर्माले दलित समुदायमाथि क्षमायाचना गर्नुअघि उनीहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँल्याउनु भयो ।

Leave a Reply