चट्याङ लागेर गस्तीमा गएका प्रहरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चट्याङ लागेर गस्तीमा गएका प्रहरीको मृत्यु

Chatyang

झापा । झापामा सोमबार राति परेको चट्याङ लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर छन् । उनी सो चौकीका प्रमुख समेत हुन् ।

राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको प्रवक्ता डिएसपी राकेश थापाले बताए । चट्याङले लाग्ना साथ उनलाई उपचारका लागि भद्रपुर स्थित पाथीभरा अस्पताल ल्याइएको थियो ।

उनलाई तत्कालै चिकित्सकले मृत घोषित गरेका थिए । गस्तीमा उनी सहित दुईजना निस्केका थिए । सँगैरहेका प्रहरी हवल्दार सकुशल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);