चट्याङ लागेर रसुवामा एउटै किसानले पालेका ३६ चौपाया मरे | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चट्याङ लागेर रसुवामा एउटै किसानले पालेका ३६ चौपाया मरे

chattang

रसुवा, २७ भदौ । चट्याङ लागेर रसुवामा एउटै किसानले पालेका ३६ चौपाया मरेका छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार सोमबार साँझ परेको चट्याङले नौकुण्ड गाउँपालिका वडा नं २ कलाखर्क, यार्साका किसानले पालेका ३६ वटा चौपाया मरेका हुन् । जसमध्ये चौंरीगाई आठ वटा बाख्रा नौ वटा गाई १७ वटा र कुकुर दुई वटा मरेका छन् ।

अहिले घटना स्थलमा प्रहरी पुगि सकेको छ । प्रहरीले क्षतिको थप विवरण लिने काम गरिरहेको छ । गोठमा रहेकी ६४ वर्षीया कान्छीमाया तामाङ चट्याङ लागेर सामान्य घाइते भएकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);