वीरगन्जमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

वीरगन्जमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि

नितेश कर्ण
वीरगन्ज । वीरगन्जमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साबाट संकलन गरिएको १९२ वटा स्वाब नमूनाको आईतबार राति नारायणी अस्पतालमा परीक्षण गर्दा पर्साका ८८ सहित १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्य बाराका ११, रौतहटका ४ र सर्लाहीका १ जना रहेको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिएका छन् ।

१७ बर्षदेखि ७९ बर्ष उमेर समूहका उनीहरको भाईरसको संक्रमण सार्न सक्ने क्षमता सिटी भ्यालु १५.५ देखि ३५.५ सम्म रहेको डाक्टर दासले बताए ।

उनका अनुसार अहिले उच्च मात्राको अक्सिजनमा अहिले ३ जना उपचाररत छन् । त्यस्तै लगातार अक्सिजनको थेरापीमा ८ जनाको उपचार भईरहेको उनले बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);