नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ८ जेठ । नेपालमा थप कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ् । रुपन्देहीस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा गुल्मीका ४१ वर्षीय कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको हो ।

प्रदेश नम्बर ५ का प्रदेश सरकारका अनुसार कोरोना संक्रमण पुष्टि भएका गुल्मी मदाने गाउँपालिका-६ का ती पुरुषको उपचारकै क्रममा बिहीबार बिहान ७ बजेर १० मिनेट जाँदा मृत्यु हो । संक्रमित जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका थिए ।

याेसँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);