बाँकेमा कोरोना नियन्त्रण र रोकथाममा चुनौति थपिदै | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

बाँकेमा कोरोना नियन्त्रण र रोकथाममा चुनौति थपिदै

बाँके। बाँकेको नेपालगन्जमा कोरोना भाइरस संक्रमण दर निरन्तर उकालो लाग्दै गएपछि यसको नियन्त्रण र रोकथाममा चुनौति थपिदै गएको छ । हरेक दिन  भेरी अस्पतालमा ६०० को हाराहारीमा  कोरोनाको नयाँ संक्रमित थपिरहेको अवस्था छ भने उपचारका लागि छुट्टाएर राखिएका बेडहरु ,आई सि यु , भेन्टीलेटर करिब भरिभराउ छन् ।

कोभिडको अक्सिजन सहितका वाड भनेर भेरी अस्पतालमा जम्मा १४२ वटा वेड छुट्टयाईएको थियो भने अहिले २०० पुर्याउदा पनि बेड पुगेको छैन त्यो पनि सबै भरिसकेकाे छ । सास फेर्न एकदमेै समस्या भएर आफु अस्पताल आएको बताएकी छन । संक्रमितहरु बढिराखेको र मानिसहरु पनि दिनप्रतिदिन मरेको देख्दा आफु पनि हतोत्सायी भएको, आत्मवल कमजोर भई मरिने पो होकी जस्तो लागेको बताएकी छिन् । साथै यस्तै स्थिती रहिराख्यो भने भारतको जस्तो स्थिती आउन सक्ने समेत बताएकी छिन्।  

अस्पतालमा बेड नपाउने कतिपय विरामी त्यतीकै फर्किनु पर्ने अवस्था रहेको बताएका छन । सङ्क्रमितको चापलाई व्यवस्थापन समितीले धान्न नसकेको , व्यवस्थापन राम्रो नभएको समेत बताएका छन । भने पहुच भएको व्यक्तिहरुलाई उपचार गरिएको तर सर्वसाधारण जनताहरुले चाहि दुख पाईराखेको बताएका छन् ।

कोभिड सुरु भएदेखिनै काम गर्देआएको र आफुपनि संक्रमित भएर पनि विरामीहरुलाई सेवा दिईराखेको र यसरी दिन प्रतिदिन आफनै अगाडी मरेको देख्दा आफुलाई राम्रो नलागेको बताएकी छिन् । साथै आफुले नै मनोवल खसालेर काम गरेमा विरामीहरुको मनोवल कसरी बढाउने भन्ने करा बताएकी छिन् ।

अवस्था एकदमै भयावह भएको बताउनुका साथै मेडिकल अफिसर देखि स्वास्थ्यकर्मीहरु सबैको अभाव हुदाँ पनि आफुहरुले दिनरात नभनिकन डुयुटी गरिराखेको बताएकी छिन् । साथै विरामीहरुको छातीको एक्सरे हेर्दा त्यती राम्रो नभएको समेत बताएकी छिन् । अब पनि केन्द्रिय सरकारका साथै स्थानिय सरकारले राम्रोसँग व्यवस्थापन गर्न सकेनन् भने भारतको जस्तो स्थिती नआउला भन्न सकिदैन । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);