पत्रकारलाई अनावश्यक धरपकड गर्न मिल्दैन : नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पत्रकारलाई अनावश्यक धरपकड गर्न मिल्दैन : नेपाल

काठमाडौं, २८ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारहरुलाई अनावश्यक धरपकड गर्न नमिल्ने टिप्पणी गरेका छन् ।

वरिष्ठ नेता नेपालले पत्रकारहरुलाई पक्राउ गर्ने, धरपकड गर्ने लगायतका विषयमा आफूले धेरै नबुझेको उल्लेख गर्दै उनीहरुलाई निरुत्साहित हुने गरी कुनै पनि गतिविधि प्रहरीले गर्न नहुने बताएका छन् ।

बिहीबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले कानुन बमोजिम बाहेक कसैलाई पनि पक्राउ गर्न नमिल्ने बताए । मुद्दा मामिला भए कानुन बमोजिम पत्रकारहरुलाई पनि अनुसन्धान गर्न सकिने पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालको भनाई छ ।

तर निरुत्साहित हुने गरी पत्रकारहरुलाई दुःख दिने काम प्रहरीले गर्न नहुने उनले स्पष्ट पारे । गत सोमबार समाचार प्रकाशित गरेकै आधारमा खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो । सोही घटनाको विरोध गर्दै पत्रकार बस्नेतलाई तत्काल रिहा गर्न सरकारमाथि चौतर्फी दवाव परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);