निर्मला पन्तका परिवारद्वारा अनिश्चितकालीन धर्ना बस्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

निर्मला पन्तका परिवारद्वारा अनिश्चितकालीन धर्ना बस्ने चेतावनी

nirmala pariwar

पुष्कर भट्ट,
कञ्चनपुर, १८ कात्तिक । कञ्चनपुरकी–१३ वर्षीया बालिका निर्मला पन्तका बुवाआमाले कात्तिक २५ गतेदेखि धर्ना बस्ने चेतावनी दिएका छन् । उनीहरुले आइतवार आफ्नै घरमा पत्रकार सम्मेलनको आयोजना गरी छोरीको हत्या भएको सयदिन पुगिसक्दा पनि हत्यारालाई प्रक्राउ गर्न नसकेको भन्दै अनिश्चितकालिन धर्ना बस्ने चेतावनी दिएका हुन् ।

सरकारले हत्यारालाई संरक्षण गरेको भन्दै निर्मलाका घर परिवारले तिहारपछि अनिश्चितकालिन धर्ना बस्ने चेतावनी दिएका छन् । आइतबार भीमदत्त नगरपालिका–२ उल्टाखाम स्थित निर्मलाका बाबु यज्ञराजले घरमै पत्रकार सम्मेनलको आयोजना गरि २५ कार्तिकदेखि प्रशासनको मुल गेटमा अनिश्चिकालिन धर्नामा बस्ने घोषणा गरेका हुन् ।

निर्मलाका वुवा आमाले आफुहरुलाई न्याय चाहिएको भन्दै न्याय नदिएसम्म आन्दोलन जारी राख्ने समेत घोषणा गरेका छन् । अनुसन्धानका नाममा प्रहरीले घरपरिवार, आफन्त र छरछिमेकीलाई मानसिक टर्चर दिईरहेको समेत उनीहरुको आरोप छ ।

गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी निर्मला ११ साउनमा उखुबारीमा मृत अवस्थामा भेटिएकी थिईन् । हत्यारा पत्ता लगाउन सरकारले विभिन्न समिती बनाएपनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

यसैबीचमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रहरी प्रवक्ता डिएसपी कृष्णराज ओझाले घटनाको सुक्ष्म न्यारो डाउनविधिबाट अनुसन्धान भईरहेको बताउँदै आएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);