प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल विद्युतिय गाडि चढ्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल विद्युतिय गाडि चढ्ने

dormani poudel

काठमाडौं, १८ कात्तिक । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल विद्युतिय गाडि चढ्ने भएका छन् । उनी चढ्ने विद्युतिय जीप हेटौंडा पुगेको छ ।

पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिवन्ध लगाउने घोषणा गरिसकेको प्रदेश–३ सरकारका मुख्यमन्त्रीले चढ्ने जीप हेटौंडा पुगेको हो । चीनमा उत्पादन गरिएकोे जीपको मूल्य ५५ लाख पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौडाले जनाएको छ ।

प्रदेश सरकारले २०८५ सालदेखि काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौती शहरहरुमा पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिवन्ध लगाउने नीति तथा कार्यक्रममा घोषणा गरिसकेको छ ।

प्रदेश सरकारले सार्वजनिक यातायातमा विद्युतीय साधन प्रयोगलाई प्रोत्साहन गरिने र यातायात सेवालाई वातावरणमैत्री बनाइने अभियान अन्तर्गत मुख्यमन्त्रीले नै अभियान थालनी गर्न लागेका हुन् ।

पहिलो चरणमा हेटौंडा–नारायणगढ सञ्चालन हुने त्यस्ता गाडी निकट भविष्यमा रसुवा–हेटौंडा लगायत क्षेत्रमा पनि सञ्चालन गरिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);