अनिश्चितकालीन धर्ना बस्दै निर्मलाका बाबु आमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

अनिश्चितकालीन धर्ना बस्दै निर्मलाका बाबु आमा

nirmala pariwar

कञ्चनपुर, २५ कात्तिक । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै निर्मलाका बाबु,आमा आजदेखि अनिश्चितकालीन धर्ना बस्न लागेका छन् । निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको कार्यक्रम अनुसार आजबाट धर्ना बस्न लागिएको हो ।

साढे तीन महिनासम्म पनि दाषी पत्ता नलागेपछि अन्तिम अवस्थामा धर्ना बस्नुपरेको निर्मलाका बुवा आमाले बताए । बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम तय गरिएको निर्मलाका बाबु यज्ञराज पन्तले जानकारी दिए ।

निर्मला घटनाको अनुसन्धानमा त्रुटि गरेको भन्दै तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाइ बर्खास्त गरिएको तर अनुसन्धानमा प्रमाण मेटाउनेलाई विभागीय कारबाही मात्रै गरिएकोमा अधिकारकर्मीहरूको असंतुष्टी रहँदै आएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीका विभिन्न टोली गठन गरिएको छ । अहिले पनि केन्द्रीय अनुसन्धान ब्युरोसहित तीनवटा टोलीहरू अनुसन्धानमा छन् । तर ठोस प्रगति भने हुन सकेको छैन ।

चाडपर्वका बेला सर्वसाधारणलाई अप्ठेरो हुने भन्दै नागरिक संघर्ष समितिले दसैं र तिहारका बीचमा आन्दोलनका सबै कार्यक्रम स्थगित गरेकोमा आजबाट आन्दोलनको स्वरुप परिवर्तन गर्दै निर्मलाका बुबा आमा अनिश्चितकालीन धर्ना बस्न लागेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);