न्युरोडमा बहुतले पार्किङ भवन निर्माणको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

न्युरोडमा बहुतले पार्किङ भवन निर्माणको तयारी

parking

प्रकाश शर्मा

काठमाडौं, २० भदौ । काठमाडौ महानगरपालिकाले विभिन्न स्थानमा पार्किङको बढ्दै गएको समस्या समाधान गर्न न्युरोडमा बहुतले पार्किङ भवन बनाउने भएको छ । काठमाडौ महानगरपालिकामा पछिल्लो समयमा पार्किङ व्यवस्थापन बिकराल बन्दै गएको छ ।

पार्किङ क्षेत्र विनाका भवन निर्माण र अव्यवस्थित पार्किङले महानगरपालिकाको स्वरुप नै विकृत बन्दै गइरहेको छ । मोटरसाइकल चोरी अनि तोडफोडका घटनाहरु बढ्दै गईरहेका बेला त्यत्तिकै मात्रामा सवारी दुर्घटनाहरुको वृद्धि हुन थालेको छ । पार्किङ गर्ने स्थानको अभावले मानिसहरु न्युरोड जानेहरु आफ्ना साधन अन्यन्त्र राखेर जानुपर्दा सास्ती बेहोर्नु परेको बताउँछन् ।

काठमाडौ महानगरपालिकाले पछिल्लो समयमा पार्किङ व्यवस्थापन गर्न भनेर न्युरोडमा बहुतले पार्किङ भवन बनाउने प्रकृया अगाडी बढाइसकेको छ । न्युरोड धर्मपथमा सात तल्ले पार्किङ भवन निमार्ण गर्न लागेको हो । २५ वर्षसम्म स्थान र पार्किङ व्यवसायको वार्षिक रोयल्टी बुझाउने गरीे इच्छुक कम्पनीले नै स्वयं भवन निर्माण गर्नेछ ।

भवन निर्माण सम्पन्न भएको २५ वर्षपछि महानगरपालिकाको पूर्ण स्वामित्वमा रहने उक्त भवनले पार्किङ सुविधा अत्यन्त सहज हुने महानगरपालिकाले जानकारी गराएको छ । सुविधा सम्पन्न हुने भनिएको सात तल्ले पार्किङ भवनमा सात सय वटा कार पार्किङ गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);