फिनल्याण्ड र स्वीडेनमा चिसोको कहर | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

फिनल्याण्ड र स्वीडेनमा चिसोको कहर

एजेन्सी, १८ पुस । फिनल्याण्ड र स्वीडेनमा चिसो बढेर सबैभन्दा कम तापक्रम माइनस ४० डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ । फिनल्याण्डमा उत्तरपश्चिमी शहर यलिभिस्कामा न्युनतम तापक्रम माइनस ३७ दशमलव ८ डिग्री सेल्सियससम्म तल झरेको रेकर्ड मापन गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

त्यहाँका केहि स्थानमा पूरै साता तापक्रम माइनस ४० डिग्री सेल्सियससम्म झर्ने पूर्वानूमान गरिएको छ । फिनिस राजधानी हेलसिन्कीमा तापक्रम माइनस १५ देखि २० डिग्री सेल्सियससम्म फर्ने आकलन गरिएको छ । यसैगरी स्विडेनको उत्तरमा आदिवासी सामी बसोबास गर्ने गाउँ निक्कालुओक्टामा तापक्रम माइनस ४१ दशमलव ६ डिग्री सेल्सियस तल पुगेको छ ।

मौसमविदहरुका अनुसार यो सबैभन्दा चिसो तापक्रम हो । स्विडेनको मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्विडेनमा धेरै स्थानमा माइनस ३० डिग्री सेल्सियस तल तापक्रम भएको सूचना दिएको छ । साथै दक्षिणी स्विडेनका लागि हिउँ र हावाको चेतावनी जारी गरेको छ । संस्थानले जारी गरेको े दोस्रो उच्च चेतावनी बुधबारसम्म लागू हुने छ । हिउँले नर्वेसहित सम्पूर्ण क्षेत्रमा यातायात अवरुद्ध भएको छ । नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);