सूचना प्रविधि बुर्जुवाहरुकै कब्जामा : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सूचना प्रविधि बुर्जुवाहरुकै कब्जामा : प्रचण्ड

काठमाडौं, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूचना प्रविधि बुर्जुवाहरुकै कब्जामा रहेको बताउनुभएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

बुर्जुवाहरुले सूचना प्रविधिको दुरुपयोग गरिरहेको भन्दै अध्यक्ष दाहालले उनीहरुलाई जित्नेगरी आफ्नो हतियार धारिलो बनाउन पनि आग्रह गर्नुभएको छ ।

‘‘दुर्भाग्यवस सूचना प्रविधि बुर्जुवाहरुकै हातमा छ अहिले पनि र उनीहरुले त्यसलाई नराम्रो ढंगले दुरुपयोग गरिरहेका छन् । हामीले विस्तारै त्यो टेक्नोलोजिलाई जनताको हितमा प्रयोग गर्ने जमर्को गरिरहेका छौँ । त्यसकारण यसमा मेहनत गरेर सिपालु बन्नुपर्छ । यसका प्राविधिक एक्पेक्टहरु, यसको प्रिजेन्टेसनका विधिहरु पत्ता लगाएर बुर्जुवाहरुलाई जित्नुपर्छ’’

एक लेख र समाचारकै वरिपरि सबै घुम्न थालेको भन्दै अध्यक्ष दाहालले अग्रमोर्चाको लडाई जित्नका लागि मोर्चाको तयारी र कति राम्रो विधि प्रोग्राम बनाउँदैछौँ भन्ने मुख्य विषय रहेको बताउनुभयो ।

बुर्जुवाहरुले श्रमजिविहरुलाई सजिलै गरि नपत्याउने तर गद्दीबाट गलत्याएपछि उनीहरुले शासनसत्ताको अनुभव, पैसाको तागतले प्रतिक्रान्तिको तानाबाना बुन्ने गरेको उहाँले बताउनुभयो ।

‘‘यी दुःख पाएका गरिब, श्रमजिविहरु धेरै धन पनि नभएका, बुद्धिपनि नभएकाहरुले मिलेर हाम्रो लडाई, हाम्रो राज्य उल्ट्याउन, हामीलाई गद्दीबाट गलत्याउलान भन्ने उनीहरुले पत्याउँदैनन् । उनीहरुको इतिहास चरित्रले पत्याउन दिँदैन् । तर एकदिन जनताको तागत भारी पर्छ उनीहरु गलत्याइन्छन्’’, उहाँले भन्नुभयो, ‘‘त्यसको भोलीपल्टबाट उनीहरुले हिसाब गर्न थाल्छन् । के कारणले हामीलाई केही नभएका सर्वहारा टाइपका, श्रमजिवि, गरिब गुरुवाहरुले हाम्रो इतिहास देखिको वैभवलाई उल्ट्याए त भनेर हिसाब गर्न थाल्छन् । उनीहरुसँग पैसाको तागत हुन्छ । उनीहरुसँग अनुभवको तागत हुन्छ । उनीहरुसँग शासनसत्ता कसरी चलाउने भन्ने अनुभव हुन्छ यी कुराहरु प्रयोग गरेर फेरी प्रतिक्रान्ति गर्ने तानाबाना बुन्छन् ।’’

अध्यक्ष दाहालले पार्टी एकताका विषयमा जनतालाई राम्रोसँग बुझाउन नसकिएमा उनीहरुको नजरमा चिपचिपे र हल्का हुने खतरा बढ्न सक्ने पनि चेतावनी दिनुभएको छ ।

पार्टी एकताका मर्म र भावनाहरु गम्भिरतापूर्वक बुझ्न आग्रह गर्दै अध्यक्ष दाहालले पार्टी एकता सत्ता प्राप्तीका लागि मात्रै नभएको दाबी गर्नुभयो । आधारभूत विचारमा एक रुपता भएका कारण नै पार्टी एकता सम्भव भएको उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);