संसद सार्वभौमसत्ता प्रयोग गर्ने उच्चतम थलो : सभामुख | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संसद सार्वभौमसत्ता प्रयोग गर्ने उच्चतम थलो : सभामुख

krishana mahara

काठमाडौं, १६ असार । सभामुख कृष्णबहादुर महराले संसद सार्वभौमसत्ता प्रयोग गर्ने उच्चतम थलो भएकाले जनताका सबै आवाज संसदभित्र पुर्याउका लागि पूर्वसांसदहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

३० औं संसद दिवसको अवसरमा शनिबार संघीय संसद भवनमा आयोजित कार्यक्रममा बाेल्दै सभामुख महराले संसद भित्र रहेका राजनीतिक दल भन्दा बाहिरका आवाजको सम्बोधनका लागि पूर्व सांसदहरुले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताएका हुन् ।

संसदभन्दा बाहिर अभिव्यक्त भईरहेका आवाजलाई पनि संसदमा प्रवेश गराउन सके सम्पूर्ण जनताको सार्वभौम सत्ताको प्रयोग गर्ने थलोको रुपमा संसद चित्रित हुने भन्दै उनले त्यसतर्फ यथेष्ट ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

सभामुख महराले राजनीतिक रुपमा सामन्तवादको अवशेष नरहेपनि समाजिक र सांस्कृतिक रुपमा अझै कायम रहेको र तीनले नागरिकका अधिकार कुण्ठित गर्न सक्ने तर्फ गम्भीर हुनुपर्ने बताए। उनले आम नागरिकको अधिकार स्थापित गराउनका लागि पूर्व सांसदहरुको सल्लाह सुझाव सधै स्वीकार्य हुने बताए ।

राज्यसंग छलफल गरेर जनताको हित अनुकुल वातावरण बनाउनका लागि आवश्यक सुझाव दिन पनि उनले पूर्व सांसदहरुलाई आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);