ग्राण्डी अस्पतालमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

ग्राण्डी अस्पतालमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं, १६ असार । काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालको छतमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । अस्पतालको छतमा ल्याण्ड गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनाबाट कुनै मानविय क्षति भएको छैन । हेलिकप्टरमा भने सामान्य क्षति पुगेको छ ।

9NALR हेलिकप्टर ल्याण्ड गर्ने क्रममा माथिल्लो तल्लाबाट तल्लो तल्लामा खसेको छ । अहिले निकाल्ने प्रयास भैरहेको छ । हेलिकप्टर एयरपोर्टबाट तेल हाली ग्राण्डी पुगेको थियो । ग्राण्डीका डाक्टर लिएर चितवन जाने तयारी थियो । तर ल्याण्ड गर्ने क्रममा चिप्लेर हेलिकप्टर दुर्घटना भयो ।

हेलिकप्टरको पँखेटा भाँचिएको छ । त्यसैगरी हेलिकप्टरको अगाडीको सिसा सबै फुटेको छ । घटनाबारे थप छानविन भइरहेको माहानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी भेषराज रिजालले बताए । हेलिकप्टरलाई दुर्घटना स्थलबाट हटाउने तयारी भैरहेको रिजालले जानकारी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);