माईतीघर मण्डलामा सरकारका अलोकतान्त्रिक क्रियाकलापप्रति खबरदारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

माईतीघर मण्डलामा सरकारका अलोकतान्त्रिक क्रियाकलापप्रति खबरदारी

काठमाडौं, ३२ जेठ । लोकतन्त्रका लागि नागरिक खबरदारी अभियानले शनिबार माईतीघर मण्डलामा सरकारका अलोकतान्त्रिक क्रियाकलापप्रति खबरदारी गरेको छ ।

मानवअधिकारकर्मी, नागरिक समाज लगायतले शनिबार बिहान माईतीघर मण्डलामा भेला भई संविधान पालनका लागि सरकारलाई खबरदारी गरेका हुन् । लोकतन्त्रका लागि नागरिक खबरदारी अभियानमा सहभागीहरुले नागरिक स्वतन्त्रताको सम्मान, सुशासनको प्रत्याभुति, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्न, मानवअधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्न तथा न्यायलयको स्वतन्त्रता कायम गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप, समाजिक सञ्जाल विरोधी विधेयक, नागरिक स्वतन्त्रता विरोधी राहदानी विधेयकको विरोध गर्दै राष्ट्रिय सुरक्षा परिषद्को क्षेत्राधिकारको सम्मान गर्न सरकारलाई सचेत गराए ।

अभियानमा सहभागीले विश्वविद्यालय लगायत प्राज्ञिक संस्थाहरुको स्वतन्त्रताको सम्मान गर्न, सांस्कृतिक सम्पदामाथिको हस्तक्षेप बन्द गर्न तथा पीडितको न्याय सुनिश्चित गरी दण्डहिनताको अन्त्य गर्नुपर्नेमा सरकारलाई खबरदारी गरे ।

सरकारले संविधान विपरित मानवअधिकार आयोग सम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक लगायतका विधेयकहरु ल्याउने काम गरेको भन्दै अधिकारकर्मी, संचारकर्मी तथा नागरिक समाजले विरोध गर्दै आएका छन् ।

सरकारका कदमहरु संविधान विपरित भएको भन्दै संविधानको पालना तथा नागरिक स्वतन्त्रताको माग गर्दे अभियानले माईतिघर मण्डलामा निरन्तर खबरदारी गर्दै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);