खुला मञ्चमा खाना खानेको भिड | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

खुला मञ्चमा खाना खानेको भिड

काठमाडाैं, १४ भदाै । हन्ड्रेड समूहले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ । दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आएकाहरुलाई र असहाय व्यक्तिहरुलाई काठमाडौंको खुला मञ्चमा हन्ड्रेड समूहले खाना खुवाउँदै आएको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु भएपछि चैत १८ गते देखि नै निरन्तर सडकमा खाना खुवाउँदै आएका यी दुई समूहले यसपटक खुलामञ्चमा दैनिक दिउसो ४ बजेपछि खाना खुवाउँदै आएका छन् । उनीहरुले खाना खुवाउन थालेपछि दैनिक रुपमा ज्यालादारी गरेर जीविको पार्जन गर्दै आएका मानिसहरु दिनहुँ खानाको प्रतीक्षमा रहेका हुन्छन् ।

नियमित रुपमा कमाई गरी जीवन धान्दै आएकाहरु लकडाउन र निषेधाज्ञाका कारण काम नपाउँदा समस्यामा परेका छन् । तीनै व्यक्तिहरुलाई खाना खुवाउने उद्देश्यले युवा अभियान्ताहरु दैनिक रुपमा दिउँसो ४ बजे खाना लिएर खुलामञ्च पुग्छन् । त्यतिनै बेला दिउसो ३ बजेदेखि नै खाना खानका लागि मानिसहरु पुगिसेका देखिन्छन् ।

देश विदेशमा रहेका शुभचिन्तकहरुको सहयोगमा खाना खुवाउँदै आएको अभियान्ताहरुले बताएका छन् । अहिले उनीहरुले दैनिक ५ सयको हाराहारीमा मानिसहरुलाई खाना खुवाउँदै आएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);