पूर्वी तराईमा कठ्यांग्रिएर यो वर्ष ५० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पूर्वी तराईमा कठ्यांग्रिएर यो वर्ष ५० को मृत्यु

काठमाडौं, ३० पुष । पूर्वी तराईमा कठ्यांग्रिएर यो वर्ष अहिलेसम्म ५० जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै सप्तरीमा २१ र रौतहटमा १६ जनाको मृत्यु भएको छ । सप्तरीमा गत बिहीबार र शुक्रबार दुई दिनमा मात्रै ६ जनाको मृत्यु भएको सप्तरीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए । त्यस्तै सिरहा, धनुषा र पर्सामा तीन–तीन, सर्लाहीमा दुई र महोत्तरी र बारामा एक–एकजनाको मृत्यु भएको छ ।

विभिन्न स्थानीय तहले अहिलेसम्म ५० जनाको मृत्यु भएको पुष्टि गरे पनि प्रहरीले ४४ जनाको मात्र मृत्यु भएको तथ्यांक दिएको छ । प्रदेश नम्बर २ को प्रदेश प्रहरी कार्यालय जनकपुरले सबैभन्दा बढी रौतहटमा १५ जनाको मृत्यु भएको तथ्यांक दिएको छ । त्यस्तै, सप्तरीमा १४ जनाको मृत्यु भएको जनाएको छ । विभिन्न स्थानीय तहले भने सप्तरीमा २१ जनाको मृत्यु भएको जनाएका छन् ।

आगो ताप्ने क्रममा जलेर तीनजनाको मृत्यु भइसकेको छ । धनुषामा दुई र रौतहटमा एकजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक अभय झाले बताए । जलेर ज्यान गुमाउने तीनैजना महिला हुन् ।

चिसो बढेसँगै पूर्वी तराईको जनजीवन नराम्ररी प्रभावित बनेको छ । एक साताभन्दा बढी समयदेखि लागेको बाक्लो हुस्सु र कुहिरोले अत्यधिक चिसो बढेको छ ।  दिउँसो तापक्रम नबढ्दा बजारमा पनि चहलपहल घटेको छ । फुटपाथ र सडकमा व्यापार गरेर दैनिक गुजारा गर्नेको दैनिक जीवनयापन पनि प्रभावित भएको छ ।

यो खबर आज को नयाँ पत्रीकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);