प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय नाघ्यो

pradesh-2

जनकपुरधाम, २० भदौ । कोरोना संक्रमणबाट प्रदेश २ मा एक सय जनाको मृत्यु भएको छ । शनिबार पर्सा जिल्लामा दुईजनाको मृत्यु भएसँगै यस प्रदेशमा एक सय जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिनुभयो ।

पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका वडा नं. २ का ७५ वर्षीय पुरुष र वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरका ७७ वर्षीय पुरुषको मृत्यु भएको झाले बताए ।देशभर २ सय ८० जनाको मृत्यु भएकोमा प्रदेश २ मा मात्र १ सय जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने अधिकांश बढी उमेर र दिर्घ रोगी रहेको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ३८ जनाको मृत्यु भएको छ । त्यस्तै बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सिरहा र सप्तरीमा ८–८, रौतहटमा ५, सर्लाहीमा ३ र एक भारतीय नागरिकको धनुषामै कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रदेश २ मा हालसम्म कुल १ लाख ४ हजार ५८ जनाको स्वाब संकलन गरिएकोमा ११ हजार ६१ ज्नाको रिपोर्ट पोजेटिभ, ८८ हजार २ सय ५२ जनाको नेगेटिभ, १ सय जनाको मृत्यु र ४ हजार ७ सय ४५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);