अन्तर्राष्ट्रिय विमानस्थल निमार्णका लागी रुख काटिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अन्तर्राष्ट्रिय विमानस्थल निमार्णका लागी रुख काटिँदै

श्याम गुप्ता
बारा, २० भदौ ।
बारामा निर्माण हुन थालेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र भित्र रहेका रुखबिरुवाको गणना सुरु भएको छ । विमानस्थल निर्माण गर्दा ठूलो संख्यामा रुख काटिने हल्लालाई चिर्न भन्दै भन्दै वन मन्त्रालयले रुखको एकिन तथ्यांक निकाल्न शुरु गरेको छ ।

निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ८ हजार हेक्टर क्षेत्रफलमा हुदै छ । जसमध्ये अहिले १९ सय हेक्टर क्षेत्रफलको रुख गणना शुरु भएको छ । वन मन्त्रालयले रुखको गणना र ट्याग गर्ने कार्य शुरु गरेको छ । १९ सय हेक्टर वन क्षेत्रलाई १२ क्लष्टरमा विभाजन गरी कार्य थालनी गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

पहिलो क्लष्टरको करिब ९८ हेक्टर क्षेत्रफलमा गणना सकिदा २७ हजार ५ सय ३३ को संख्यामा पोल र रुख रहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ । अहिलेसम्म ३० हजार ६ सय पोल र रुखहरुमा नम्बर प्लेट लगाई सकेको छ ।

जसमध्ये अधिकांश बोटविरुवाहरु साल प्रजातिका रहेका छन् । वन प्राविधिक सहित १७ जनाको टोलिले करिब एक महिनादेखि रुखको गणना गरिरहेका छन् । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको काम अगाडी बढाउँन मन्त्रिपरिषद्ले निर्णय गरेमा रुख र पोलको संख्या यकिन गर्न यो तथ्यांक आधार मानिने भएको छ ।

यसको मुख्य उद्देश्य प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल क्षेत्रमा २४ र २५ लाख रुखहरु काटिने भनेर भएको प्रचारलाई जवाफ दिन हो । यस क्षेत्रमा रुख र पोलको संख्या कति छ भनेर प्रमाणित गर्न गणना सुरु गरिएको हो । विमानस्थलको विषय सर्वोच्च अदालतमा विचाराधिन भएकोले अदालतले पनि रुख र पोलको संख्या कति छ भनेर तथ्यांक मागेकोले त्यसकालागि यकिन तथ्यांक दिन काम लाग्ने कार्यालयले जानकारी दिएको छ ।

यस अघि विमानस्थल निर्माण क्षेत्रलाई तारबार,पसाह खोलामा तटबन्द र मुआब्जा वितरण समेत गरिसकिएको छ । विमानस्थल क्षेत्रको चार किल्ला भित्र रहेका रुखविरुवामा नम्बरिङ्ग, तथा ट्रयागिङ्ग कार्य शुरु भएसँगै विमानस्थल बन्ने आशा जगाएको छ । हालसम्म विमानस्थल निर्माण गरिनु पूर्व तयारीका कार्यका लागि ६७ करोड भन्दा बढी खर्च भई सकेको छ ।

विमानस्थल निर्माणकालागि यस क्षेत्रको बिच भागमा रहेको वन क्षेत्र भित्र रहेको टाँगियाबस्ती स्थानतरण गर्नु पर्ने छ । जसमा ७ सय ३१ विघा १४ कठ्ठा क्षेत्रफल वनको जमिनमा करिब ८ हजार जनसंख्या बसोवास गर्दै आई रहेका छन् ।

घरधुरी संख्या भने १४ सय ७६ रहेको छ । विमानस्थल निर्माणले यहाँका जनता र मलुकको भाग्य र भविष्य उज्जवल हुँने मात्रै नभई सोझै अन्य मुलुकसँग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध रहने विश्वास गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);