द्रुतमार्ग निर्माण : क्षतिपूर्ति बापतको वृक्षारोपण गर्न जमिन अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

द्रुतमार्ग निर्माण : क्षतिपूर्ति बापतको वृक्षारोपण गर्न जमिन अभाव

बारा, ९ पुस । निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा काटिएका रुखको क्षतिपूर्ति बापतको वृक्षारोपणका लागि जमिन अभाव भएको छ । वृक्षरोपणका लागि जमिन अभाव भएपछि नेपाली सेनाले खाली जमिन खोजी गरिरहेको छ ।

द्रुतमार्गको ट्रयाक खोल्ने क्रममा ६ हजार ७ सय र पछिल्लो समय निर्माणका लागि १७ हजार ९ सय ४९ वटा रुख काटेको सेनाले सुरुङ र पुल निर्माणका लागि पुन: करिब २ हजार रुख काटिने अनुमान गरेको छ ।

निजगढ–काठमाडौँ द्रुतमार्ग निर्माणका लागि गरिने रुख कटानले वातावरण विनाश हुने भनी विवादमा परेको थियो । द्रुतमार्गको ट्रयाक खोल्नका लागि हजारौँ रुख कटानको आवश्यकता परेकाले यो द्रुतमार्ग निर्माणले वातावरणमा नकारात्मक असर गर्ने भन्दै वातावरण विद्हरुले आपत्ति जनाएका थिए ।

तर काटिएका रुखहरुको सट्टामा अन्य रुखहरु रोपिने भएपछि निर्माणकार्य अघि बढेको हो । द्रुतमार्ग निर्माणका क्रममा काटिएका रुखको क्षतिपुर्ति वापत वृक्षारोपणको लागि जमिन अभाव भएपछि यति बेला नेपाली सेनाले खाली जमिन खोजी रहेको छ ।

द्रुतमार्ग सडक आयोजना, वृक्षारोपण कार्यदल निजगढका प्रमुख सेनानी सुशिल कुमार कार्कीले डिभिजन बन कार्यालय बाराले ९१ हेक्टर खाली जमिन हस्तान्तरण गरिसकेको बताउँदै त्यो मध्ये साढे ५ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरी रेखदेख गरिरहेको बताउनु भयो ।

सरकारसँगको सम्झौता अनुसार क्षति हुने प्रति रुख २५ वटाका दरले १९ हजार ९ सय ४९ वटा रुख बापत करिब ५ लाख वृक्षारोपण गर्न ३ सय १५ हेक्टर जमिन आवश्यक पर्छ ।

ललितपुर, मकवानपुर र बाराको बन क्षेत्रबाट काटिएका र काटिने क्रममा रहेका रुख बापतको वृक्षारोपण सम्बन्धित जिल्लामैं गरिनु पर्ने सम्झौतामा उल्लेख छ ।

तर, ललितपुर र मकवानपुरमा वृक्षरोपणका लागि खाली जमिन उपलब्ध नभए पछि बारामैं ५ लाख बिरुवा रोप्ने तयारी सेनाले गरेको छ । आयोजनाले गरेको सरोकारवालाहरुबीचको छलफलमा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले वृक्षरोपणका लागि आफुहरु उत्सुक भएको तर, सेनाले बेवास्ता गरेको गुनासो गर्नुभयो ।

द्रुतमार्गको ट्रयाक खोल्ने क्रममा ६ हजार ७ सय र पछिल्लो समय निर्माणका लागि १७ हजार ९ सय ४९ वटा रुख काटेको सेनाले सुरुङ र पुल निर्माणका लागि अझै करिब २ हजार रुख काटिने अनुमान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);