हर्षोल्लासकासाथ क्रिसमस पर्व मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

हर्षोल्लासकासाथ क्रिसमस पर्व मनाइँदै

christmas

काठमाडौं, ९ पुस । इसाई धर्मावलम्बीहरुले आज विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाउँदै छन् । नेपालमा पनि राजधानी काठमाडौं लगायत देशभर रहेका गिर्जाघर तथा पर्यटकीय बजारहरुमा क्रिसमसको रमझम शुरु भएको छ ।

२ हजार वर्ष भन्दा अघि इजरायलको बेथलियमको एउटा गोठमा जिसस क्राइष्टको जन्म भएको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ मा इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउने गर्छन् । नेपालमा पनि शान्ति र प्रेमको कामना सहित क्रिसमस मनाइदै छ ।

आज बिहानै देखि बिभिन्न चर्चहरुमा प्रार्थना गर्ने र खुसियाली साटासाट गर्ने मानिसहरुको भीड लागेको छ । काठमाडौं उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, जाउलाखेल लायतका स्थानमा क्रिसमस ट्री बनाएर सजाइएको छ । त्यस्तै ठुलाठुला व्यापारीक क्षेत्रमा पनि क्रिसमस ट्री बनाई सजाइएको छ ।

क्रिसमसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देशजारी गर्दै ‘क्रिसमस डे’लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना सन्देश जारी गर्दै बिभिन्न धर्म र संस्कृतिमा आधारित चाड पर्वले नेपाली एकतालाई अझ मजबुत बनाउने उल्लेख गर्नुभएको छ ।



(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);