ट्रक तथा टिपरका लागि पार्किङ अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्रक तथा टिपरका लागि पार्किङ अभाव

tipar

काठमाडौं, ८ पुस । सरकारले टिपर आतंकसंगै उपत्यकाका चक्रपथ एरियामा दिउँसो ठूला सवारी साधन अर्थात ट्रक तथा टिपर कुदाउन बन्द गरेको दुई बर्ष वितिसकेको छ ।

तर मुलुकका विभिन्न स्थानबाट उपत्यकामा हरेक दिन तीन हजारको संख्यामा ट्रक तथा टिपर भित्रिने गरेपनि त्यसको पार्किङमा भने सरकारले कुनै कदम चालेको छैन

टिपर कुदाउन बन्द गरेसंगै दिउँसोको समय टिपर व्यवस्थापन गर्नुपर्ने महानगरको दायित्व हो, तर नत महानगरले उक्त दायित्व पुरा गरेको छ । नत सरकारले यस प्रति ध्यान नै दिन सकेको छ ।

जसले गर्दा साँघुरा गल्ली र साना खाली क्षेत्रहरुमा टिपर पार्किङ हुने गरेका छन् । कोटेश्वर चोकको पुर्वतर्फ रहेको सानो क्षेत्र होस या त भक्तपुर जाने सडकका छेउछाउका फुटपाथ, लहरै टिपर ट्रक पार्किङ गरिएको दृश्य नौलो होइन ।

यसरी महानगरले रातिमा मात्रै कुदाउन पाउने व्यवस्था गरेसंगै दिनभर टिपर तथा ट्रक यसरी साघुँरा क्षेत्रमा राखिन्छ । सरकारले निश्चित स्थान तोकेर पार्किङ क्षेत्र नबनाइदिँदा व्यवसायी पनि आजित बन्दै गएका छन् ।

यस्ता ठूला सवारी साधन साना गल्ली तथा सडक यात्रीका लागि बनाइएको साइडलेनमा पार्किङ गर्दा पैदल यात्रु पनि मर्कामा पर्दै आएका छन् । त्यस्तै दिन भरी चोरपुलिस जस्तै भाग्ने र खेदाउने क्रम चलिरहन्छ, ट्राफिक र ट्रक तथा टिपर चालकहरुको ।

यता ट्राफिक व्यवस्थापन सम्हालिरहेको ट्राफिक महाशाखा भने पार्किङ क्षेत्र बनाउने काम आफुहरुको नभएको भन्दै महानगरको दायित्व भन्दै पन्छिदै आएको छ । समय निश्चित गरेको २ बर्ष वितिसक्दा समेत ट्राफिक महाशाखा भने पार्किङ चाँडै बन्ने छ भन्ने आश्वासन सहित बसेको छ ।

मुलुकका विभिन्न भागबाट दैनिक रुपमा उपत्यकामा एक हजार भन्दा बढिको संख्यामा मालवाहक ट्रक र दुई हजारको हाराहारीमा टिपर भित्रिने गर्दछ । हजारांैको संख्यामा हरेक दिन भित्रिने ठूला सवारी साधनको व्यवस्थापनमा भने कसैले चाँसो देखाउन सकेको छैन । त्यत्ति मात्र नभएर नेपाल सरकार यस्ता ठूला सवारी रोक्न लागी परिरहँदा भारतबाट ६० प्रतिशत गाडी क्षमता भन्दा बढि भार बोकेर बोकेर भित्रिने गर्दछन् । तर सरकारको ध्यान यता गएको पाइँदैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);