भारतमा जारी आन्दोलनको प्रभाव नेपालमा पनि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

भारतमा जारी आन्दोलनको प्रभाव नेपालमा पनि

झापा, ८ पुस । भारतमा नागरिकता संशोधन कानूनको विरोधमा जारी प्रदर्शनको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । पूर्वोत्तर भारतको आसाम र त्रिपुराबाट सुरु भएको आन्दोलन चर्किरहेको कारण विशेष गरी नेपालको व्यावसायिक क्षेत्रमा प्रभाव पर्ने भन्दै पुर्वका व्यवसायीहरु चिन्तित भएका छन् ।

भारतमा चर्किरहेको आन्दोलनका कारण भारतको पश्चिम वंगालसंग सिमा जोडिएको पूर्वको प्रमुख नाका काँकरभिट्टाबाट केही दिन पेट्रोलियम पदार्थ र तरकारी जन्य सामाग्रीको आयात रोकियो ।

आन्दोलनमा संलग्नले रेलको लिक अवरुद्ध गरेपछि २ दिनसम्म पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थ नभित्रिएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । तर, दुई दिनपछि पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थ निरन्तर भित्रिरहेको बताएको छ ।

परम्परादेखि नै खुल्ला नाकाका हिसावले भारतसंग व्यापार हुँदै आएको र अहिले भारतका विभिन्न राज्यमा भएको आन्दोलनका कारण व्यापारका क्षेत्रमा दुवै देशलाई असर पर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेलको भनाई छ ।

भारतमा भएको आन्दोलनले असर परेको व्यवसायीको भनाई रहेपनि मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले भने भारतबाट आयातित साम्रगीमा खासै कमी नआएको बताउनु भयो ।

पूर्वाेत्तर भारतको आसाम सहित वंगलादेश र भुटानबाट नेपालमा आँखाको उपचारका लागि आउने विरामीको संख्या पनि उच्च छ । तर, आन्दोलन चर्किएपछि विरामी समेत घटेको बिर्तामोडस्थित मेची आँखा अस्पतालले जनाएको छ ।

व्यापारका लागि भारत लगायत तेस्रो देशसंग प्रत्यक्ष सरोकार राख्ने झापा भारतका विभिन्न राज्यमा भईरहेको आन्दोलनका कारण व्यवसायिक क्षेत्रमा केही तरलता आउने सरोकारवालाले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);